फेरि सेयर बजार साताको पाँच दिन मात्रै खुल्ने
काठमाडौं, साउन १९ : सेयर बजार पुनः साताको पाँच दिन मात्रै खुल्ने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रबन्धक निरञ्जन फुयालले हाल...
काठमाडौं, साउन १९ : सेयर बजार पुनः साताको पाँच दिन मात्रै खुल्ने भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रबन्धक निरञ्जन फुयालले हाल शुक्रबार समेत भइरहेको कारोबार हटाएर पुनः पाँच दिन मात्रै कारोबार दिन कायम गर्ने बताएका हुन् ।
बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले काठमाडौंमा आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना विषयको अन्तर्क्रिया कार्यक्रममा फुयालले यस्तो बताएका हुन्।
प्रबन्धक फुयालले नेप्सेले छिट्टै यो व्यवस्था हटाएर पाँच दिन मात्र सेयर कारोबार हुने बताएका हुन्। हाल शनिबार बाहेक साताको छ दिन सेयर कारोबार भइरहेको छ। गत असार १ गतेदेखि लागू हुने गरी सेयर बजार साताको छ दिन नै खुल्न थालेको हो।
प्रकाशित मिति: १९:५१ बजे, बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1786430634.png)










