Kathmandu Press

कञ्चनपुरमा एकै दिन ३९ मा कारोनाको सङ्क्रमण पुष्टि

कञ्चनपुर, साउन १९ : कञ्चनपुरमा आज एकै दिन ३९ जनामा कारोनाको सङ्क्रमण देखापरेको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पश्चिमी सीमा नाका गड्डा चौकीमा...
कञ्चनपुरमा एकै दिन ३९ मा कारोनाको सङ्क्रमण पुष्टि

कञ्चनपुर, साउन १९ : कञ्चनपुरमा आज एकै दिन ३९ जनामा कारोनाको सङ्क्रमण देखापरेको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पश्चिमी सीमा नाका गड्डा चौकीमा ११, भीमदत्त नगरपालिका मा १४, बेलौरी नगरपालिकामा ११, शुक्लाफाँटामा तीन, पुनर्वासमा एक र कृष्णपुरमा दुईमा कोरोना सङ्क्रमण देखापरेको हो।

चार सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ३९ को नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए। कोरोनाको सङ्क्रमण देखापरेका ३९ लाई होम आइसोलेसनमा पठाइएको छ। आज सातले कोरोना जितेर घर फर्किएका छन भने अहिलेसम्म कोरोनालाई जित्नेको सङ्ख्या चार हजार पाँच सय ५८ पुगेको छ।

Hardik ivf

जिल्लामा अहिलेसम्म एन्टिजेन परीक्षणबाट चार हजार सात सय ३२ र हेल्थ डेस्क गड्डा चौकी नाकामा एन्टिजेन परीक्षणबाट दुई हजार पाँच सय २८ मा कोरोना पुष्टि भएको छ। जिल्लामा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ रहेको छ भने अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई सय ११ रहेको छ।

'कोरोनाको सङ्क्रमण बढ्न थालेपछि परीक्षणको दायरा बढाएका छौँ,' स्वास्थ्य कार्यालय प्रमुख सुनारले भने, 'खोप लगाउने कार्यलाई निरन्तरता दिइएको छ। कोरोनाको सङ्क्रमण बढी फैलिएका क्षेत्रबाट आएका व्यक्तिलाई निगरानीमा गरिरहेका छौँ। होल्डिङ सेन्ट र आइसोलेसन सञ्चालनबारे अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन आएको छैन।'

प्रकाशित मिति: १९:३८ बजे, बिहीबार, साउन १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्