Kathmandu Press

२८औं विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाडाैं, साउन १९ : २८औं विश्व आदिवासी दिवस नेपालका आदिवासी जनजाति संघसंस्थाले सप्ताहव्यापी रुपमा मनाउने भएका छन्।२८औं विश्व आदिवासी दिवस-२०२२ मूल समारोह समितिले बिहीबार...
२८औं विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाडाैं, साउन १९ : २८औं विश्व आदिवासी दिवस नेपालका आदिवासी जनजाति संघसंस्थाले सप्ताहव्यापी रुपमा मनाउने भएका छन्।

२८औं विश्व आदिवासी दिवस-२०२२ मूल समारोह समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी जनजाती आन्दोलन, जाति भाषा, धर्म र संस्कृति संरक्षणका लागि देशव्यापी राष्ट्रिय जागरण भन्ने मूल नाराका साथ सप्ताहव्यापी रुपमा आदिवासी दिवस मनाउने जनाएको हो।

Hardik ivf

दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम, अन्तक्र्रिया , बिचार गोष्टि लगाएतका आयोजना गरिने समितिले जनाएको छ।

पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले लामो समयसम्मको आन्दोलनका क्रममा पनि अधिकार सुनिश्चित हुन नसकेको भन्दै उत्सवको रुपमा मनाइने कार्यक्रममार्फत पनि अधिकार सुनिश्चिततका लागि राज्यलाई दबाब दिइने बताउनुभयो। उनले ३७ प्रतिशत ओगटेको आदिवासी जनजाती मुलधारमा आउनुपर्ने बताए।

दिवसका अवसरमा यस वर्ष मूल समारोहको रुपमा महासंघले साउन २४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम गर्दैछ। महासंघका अनुसार उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिका रुपमा सहभागी हुने तय भएको छ।

प्रकाशित मिति: १८:१९ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्