Kathmandu Press

तनहुँमा तोरी पेल्ने मिल विस्थापित हुने अवस्थामा

तनहुँ, साउन १९ : कुनै समय थियाे, मानिसहरू रातभर जाग्राम बसेर तोरी पेल्थे।बोराका बोरा तोरी पेल्न बिहानदेखि रातिसम्म खटिनुपर्थ्याे तर अहिले तोरी पेल्ने काम एकादेशको...
तनहुँमा तोरी पेल्ने मिल विस्थापित हुने अवस्थामा

तनहुँ, साउन १९ : कुनै समय थियाे, मानिसहरू रातभर जाग्राम बसेर तोरी पेल्थे।

बोराका बोरा तोरी पेल्न बिहानदेखि रातिसम्म खटिनुपर्थ्याे तर अहिले तोरी पेल्ने काम एकादेशको कथा जस्तो बन्न पुगेको बताउँछन्, व्यास नगरपालिका–४ का आशकुमार श्रेष्ठ।

२०३२ सालमा करिब रु ४० हजार लगानी गरी सदरमुकाम दमौलीमा तोरी मिल सञ्चालन गर्नेमा उनी पहिलो नै व्यक्ति हुन्। 

अन्य महिनामा २०/२५ जना मानिस दैनिक तोरी पेल्न आउने गरे पनि वर्षायाममा मुस्किलले दुर्ई/तीन जना हुने गरेको सञ्चालक श्रेष्ठ बताउँछन्।

युवा जनशक्ति वैदेशिक रोजगारीमा, छोरीबुहारी छोराछोरी पढाउन सहरमा र बुढाबुढी मात्रै गाउँ रहेका कारण तोरी खेतीतर्फ आकर्षण कम भएको उनको भनाइ छ।

पहिला पहिला बिहानदेखि रातिसम्म ८÷९ मुरी तोरी पेल्नको लागि चार जनशक्ति राख्ने गरिएकामा  अहिले मुस्किलले दुई जना छन्। सञ्चालन श्रेष्ठ भन्छन्, 'भएका दुई कर्मचारीलाई पनि पारिश्रमिक दिन कठिनाइ भएको छ।'

पछिल्लो समय तोरीका साथै गहुँ,मकैलगायत पनि पिस्ने गरिएको छ। पछिल्लो समयमा गाउँगाउँमा मिल सञ्चालनमा रहेका कारण पनि सदरमुकामसम्म तोरी पेल्न आउनेको सङ्ख्या घट्दै गएको हुन्।

प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, साउन १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्