Kathmandu Press

थापा मगरको उपचारका लागि एक लाख सहयोग

सिन्धुपाल्चोक, साउन १९ : मेलम्ची नगरपालिका–९ गुफाका सुशील थापा मगरको उपचारका लागि एक लाख सहयोग गरिएको छ।लुकिमिया रोगसँग सङ्घर्षरत १५ वर्षीय उहाँलाई  वडा कार्यलयको...
थापा मगरको उपचारका लागि एक लाख सहयोग

सिन्धुपाल्चोक, साउन १९ : मेलम्ची नगरपालिका–९ गुफाका सुशील थापा मगरको उपचारका लागि एक लाख सहयोग गरिएको छ।

लुकिमिया रोगसँग सङ्घर्षरत १५ वर्षीय उहाँलाई  वडा कार्यलयको सिफारिसमा सामाजिक संस्था हेल्पले जुटाएको रकम  बुधबार मेलम्ची नगर प्रमुख आइतामान तामाङको उपस्थितिमा सुशीलको बुबा चन्द्रबहादुरलाई हस्तान्तरण गरिएको हेल्पका अध्यक्ष जिमी लामाले जानकारी दिए।

Hardik ivf

उनको अवस्थाको बारेमा जानकारी पाए पछि वडा कार्यलयको सिफारिसमा हेल्पका  साथीहरु मिली रकम जुटाइएको अध्यक्ष लामाले बताए।

पीडितको आर्थिक अवस्था निकै कमजोर रहेको र थप उपचार गर्न करिब रु. ७ लाख लाग्न सक्ने अनुमान गरिएकाले सहयोगी मनहरुले उनको बुबा चन्द्र मगरलाई ९८४०५७७८३७ मा सम्पर्क गरी सहयोग गर्न अनुरोध गरिएको छ। 

प्रकाशित मिति: १७:१० बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्