Kathmandu Press

कोरियामा एकै दिन १ लाख ७ हजारभन्दा बढीमा काेराेना सङ्क्रमण

कोरियामा एकै दिन १ लाख ७ हजारभन्दा बढीमा काेराेना सङ्क्रमण

साेल, साउन १९ : दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातसम्म एक लाख सात हजार आठ सय ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।  

यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ६० लाख एक सय ५४ पुगेको स्वास्थ्य अधिकारीले बिहीबार बताएका छन्। 

अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण केही घटेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको थियो। 
 
नयाँ केसमध्ये, चार सय ३५ जना आयातीत रहेको जनाइएको छ। यद्यपि ४६ हजार तीन सय २९ जना कोरोनामुक्त भएका छन्।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या ३१० पुगेको छ।

यस अवधिमा थप ३४ जनाको मृत्यु भएपछि कोरोना शुरुभएबाट हालसम्म कूल मृतक सङ्ख्या २५ हजार १४४ पुगेको छ। कूल मृत्युदर ०।१२ प्रतिशत रहेको छ। 

प्रकाशित मिति: १७:०५ बजे, बिहीबार, साउन १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्