Kathmandu Press

बझाङमा १२ किलो लागुऔषधसहित एक जना पक्राउ

बझाङ, साउन १९ : जिल्लास्थित वित्थडचिर गाउँपालिका–८ बागथलाबाट  १२ किलो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ का ४३...
बझाङमा १२ किलो लागुऔषधसहित एक जना पक्राउ
Hardik ivf

बझाङ, साउन १९ : जिल्लास्थित वित्थडचिर गाउँपालिका–८ बागथलाबाट  १२ किलो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत छन्।

अस्थायी प्रहरी चौकी बागथलामा खटिएको नियमित जाँच टोलीले बुधबार उनलाई पक्राउ गरेको थियो। 

बझाङ सदरमुकाम चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०२००१ख १११९ नंको बसमा सवार उनलाई सो अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरीले  जाँच गर्दा सो लागुऔषध खेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए। 

प्रकाशित मिति: १६:२६ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्