Kathmandu Press

अध्यागमन कानुन उल्लंघन गरेको आरोप

अध्यागमन कानुन उल्लंघन गरेको आरोप

याङ्गुन, साउन १९ : म्यान्मारमा हिरासतमा परेका जापानी पत्रकारलाई अध्यागमन कानुन उल्लंघन गरेको र सेनाविरुद्ध असन्तुष्टिलाई प्रोत्साहन दिएको अभियोग लगाइएको सैनिक सरकारले बिहीबार जानकारी दिएको छ। 

गत हप्ता याङ्गुनमा भएको विरोध प्रदर्शनको कभर गर्ने क्रममा जापानी पत्रकार टोरु कुबोटा पक्राउ परेका थिए।

उनलाई “धारा ५०५ (ए) र अध्यागमन कानून १३–१ अन्तर्गत अभियोग लगाइएको सैनिक सरकारले प्रकाशन गरेको एक विज्ञप्तिमा जनाइएको छ। यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन।  

प्रकाशित मिति: १६:०८ बजे, बिहीबार, साउन १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्