Kathmandu Press

विस्फोटमा एकको मृत्यु

विस्फोटमा एकको मृत्यु

इस्लामाबाद, साउन १९ : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको जामशोरो जिल्लामा बिहीबार बिहान भएको विस्फोटमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्लाको कोट्री नगरको उपआयुक्तको कार्यालयनजिकै बम विष्फोट भएको प्रहरीको बम डिस्पोजल युनिटले जनाएको छ।  

मारिएका व्यक्तिले बम राखेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। प्रमाण जुटाउने क्रममा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, साउन १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्