Kathmandu Press

मेक्सिकोमा कोइलाखानी भत्किँदा नौ जना फसे

मेक्सिको सिटी, साउन १९ : मेक्सिकोको उत्तरी राज्य कोआहुइलामा अवस्थित एक कोइला खानी नौ जना फसेका छन्।खानीमा कम्तीमा नै व्यक्ति फसेका राष्ट्रपति एन्ड्रेस...
मेक्सिकोमा कोइलाखानी भत्किँदा नौ जना फसे

मेक्सिको सिटी, साउन १९ : मेक्सिकोको उत्तरी राज्य कोआहुइलामा अवस्थित एक कोइला खानी नौ जना फसेका छन्।

खानीमा कम्तीमा नै व्यक्ति फसेका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार जानकारी दिएका छन्। 

सबिनास सहरमा खानी भत्किँदा बाढी आएको र खानीमा काम गर्नेहरू फसेका लोपेज ओब्राडोरले ट्विटमार्फत जानकारी दिएका छन्।   ‘हामी उनीहरूलाई सुरक्षित भेट्टाउने आशा राखेका छौं,’ उनले भनेका छन्। 

उद्धारकर्ताहरु घटनास्थलमा पुगेका छन् र अनुसन्धान भइरहेको छ। यस घटनाको विस्तृत विवरण भने प्राप्त भएको छैन्।

प्रकाशित मिति: १५:५९ बजे, बिहीबार, साउन १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्