Kathmandu Press

हुलाकी मार्ग निर्माणमा ढिलाई हुँदा जनप्रतिनिधि आक्रोशित 

हुलाकी मार्ग निर्माणमा ढिलाई हुँदा जनप्रतिनिधि आक्रोशित 

विराटनगर, साउन १९ : ग्रामीण हुलाकी मार्ग निर्माणमा ढिलाइ हुँदा जनप्रतिनिधिले आक्रोश पोखेका छन्। नियम, कानुन र प्रक्रिया पूरा गरेर ठेक्कापट्टा लिएका निर्माण व्यवसायीले आफूले कबोल गरेको समयसिमाभित्र विकास निर्माणको काम नगर्दा जनप्रतिनिधि मात्र होइन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पनि आक्रोश व्यक्त गरेका छन्। 

हुलाकी राजमार्ग निर्देशनालयको इटहरीस्थित योजना कार्यालयद्वारा विराटनगरमा आज आयोजित योजनाको प्रगति विवरण तथा समस्याको पहिचान विषय छलफलमा सहभागी वक्ताहरुले यस्तो आक्रोश व्यक्त गरेका हुन्। उक्त कार्यालयको मातहतमा सुनसरी, मोरङ, झापा र सप्तरी जिल्ला गरी कूल ३३५ किमी मिटर सडक बाटो निर्माण गर्नु पर्दछ। 

Hardik ivf

महेन्द्रराजमार्गदेखि हुलाकी राजमार्गसँग जोडिएको उत्तर दक्षिण बाटो १६८ किमी र झापादेखि सप्तरीसम्म पूर्व–पश्चिम १६७ किमी बाटो निर्माणका लागि उक्त  कार्यालयले  आव २०६६÷६७ मा कूल रु १६ अर्बमा ठेक्का आह्वान गरेको थियो।

चालु आर्थिक वर्षको कात्तिक महिनामा सबै काम सकिनुपर्ने भए पनि निर्माण व्यवसायीले अहिलेसम्ममा रु नौ अर्ब ५० करोड बराबरको काम सम्पन्न गरी अरु काम अधुरै राखेको कार्यालय प्रमुख विजयकुमार थापाले जानकारी दिए। उनले निर्माण व्यवसायीलाई पटक÷पटक काम सम्पन्न गर्न निर्देशन दिए पनि विभिन्न बहानामा काम सम्पन्न नगरेकाले जनप्रतिनिधि र प्रशासकले आक्रोश पोख्नु स्वभाविकै नै रहेको बताए ।

निर्माण व्यवसायीले अझ एक वर्ष समय थप्नुपर्ने माग गरिरहे पनि यसमा कार्यालयले केही गर्न नसक्ने तर  विभागमा जानकारी गराउने उहाँले भन्नुभयो ।  उत्तर दक्षिणबाहेक झापामा ४८ किमी, मोरङमा ४४ किमी, सुनसरीमा २६ किमी र सप्तरीमा ४६ किमी बाटो अधुरै छ। बाटोसँगै पुल पनि निर्माण गर्नुपर्ने र यसका लागि ठेक्का पनि सोही समयमा भइसकेकाले अहिलेसम्ममा २४ वटा पुल बनिसकेको र २६ वटा पुल निर्माणाधीन अवस्थामा रहेको कार्यालयका इञ्जिनीयर  प्रमोद खतिवडाले जानकारी दिए। 
    
कार्य क्षेत्रमा रहेका सबै बाटो र पुल बनाउन करिब २६  निर्माण व्यवसायीले ठेक्कामा लिएको उहाँले जानकारी गराउनुभयो । प्रमुख जिल्ला अधिकारी दाहालले समयसिमाभित्र निर्माण व्यवसायीले आ–आफ्ना मातहतका निर्माणका काम सम्पन्न गर्न निर्देशन दिनाका साथै कुनै समस्या भए समाधान गर्न पहल गरिने बताए ।

प्रदेशसभा सदस्य विजय विश्वासले काम गर्न नसक्ने निर्माण व्यवसायीले बाटो किन भत्काएको भन्दै अब निर्माणमा ढिलाइ भए जनताले पनि आवाज उठाउने बताए । मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले कछुवा तालमा निर्माण गर्ने  निर्माण व्यवसायीका कारण जनताले दुःख व्यहोरिरहेका छन् भन्दै काम गर्न नसक्नेले किन ठेक्कामा लिनु भनेर आक्रोश व्यक्त गरे।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कुनै पनि बहानामा काम रोक्न नहुने भन्दै कार्यक्षेत्रमा कुनै समस्या आए वा कसैले बाधा पु¥याए तुरुन्त जानकारी दिन आग्रह गरे। निर्माण व्यवसायीहरु  दीपक थिङ,  दीपक गौतम र सरोज रायले अबको एक वर्षभित्रमा काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित मिति: १५:५६ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्