Kathmandu Press

अमेरिका र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

न्होमपेन, साउन  १९ : अमेरिका र भारतका विदेशमन्त्रीबीच कम्बोडियामा भेटवार्ता भएको छ।दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ (आसियान) को मन्त्रीस्तरीय बैठकका क्रममा उनीहरुका बीचमा बिहीबार भेटवार्ता...
अमेरिका र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

न्होमपेन, साउन  १९ : अमेरिका र भारतका विदेशमन्त्रीबीच कम्बोडियामा भेटवार्ता भएको छ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ (आसियान) को मन्त्रीस्तरीय बैठकका क्रममा उनीहरुका बीचमा बिहीबार भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन्।
 
बैठकमा भाग लिन भारतका विदेश मन्त्री एस जयशंकर, अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केनलगायतका नेताहरु कम्बोडियामा छन्।

Hardik ivf

आफूहरुको भेटवार्ता अति नै राम्रो भएको र समसायिक विषयमा सामान्य छलफल भएको दुवै पक्षका अधिकारीहरुले बताएका छन्। अमेरिकी विदेश मन्त्री ब्लिन्केनले यस भेटलाई आफूले राम्रो अवसरका रुपमा लिएको प्रतिक्रिया दिनु भएको छ।   

उनीहरुले खुल्ला तथा स्वतन्त्र इन्डोपेसेफिक र श्रीलङ्का सङ्कटका बारेमा पनि छलफल गर्नु भएको जनाइएको छ। 'मेरो लामो समयदेखिको साथी, भारतका विदेश मन्त्री एस जयशंकरसँग राम्रो भेटवार्ता भयो, हामीले समसामयिक र साझा चासोका विविध विषयमा छलफल गरेका छौं, सहकार्यलाई बलियो बनाउने बारेमा पनि कुराकानी भयो,' ब्लिन्केनले भने।  

भारतका विदेश मन्त्री जयशंकर विदेशमन्त्रीका रुपमा १२औँ देशको भ्रमण गर्ने क्रममा बुधबार कोलम्बिया पुगेका हुन्। 

आसियानमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड, भियतानमलगायतका देशहरु पर्दछन्। 

प्रकाशित मिति: १५:५० बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्