Kathmandu Press

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा, साउन १९ : लागुऔषध मुद्दामा दोषी ठहर भई फरार अदालतबाट सजाय सुनाइएकी एक प्रतिवादी झापाबाट पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा दमक नगरपालिका–७ बस्ने २७ वर्षीया मनजिता सहनी रहेको प्रहरीले जनाएको छ। 

Hardik ivf

जिल्ला अदालत झापाको २०७५ माघ १६ गते भएको फैसलाले लागुऔषध मुद्दामा दुई वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापा चन्द्रगढी उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ।

प्रकाशित मिति: १४:४२ बजे, बिहीबार, साउन १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्