Kathmandu Press

स्रोत नखुलेको ४९ लाख रूपैयाँसहित एकजना पक्राउ

काठमाडाैं, साउन १९ : स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रूपैयाँसहित एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ तिनचुली बगला मार्ग बस्ने...
स्रोत नखुलेको ४९ लाख रूपैयाँसहित एकजना पक्राउ

काठमाडाैं, साउन १९ : स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रूपैयाँसहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ तिनचुली बगला मार्ग बस्ने गोरखा चुम नुब्री गाउँपालिका–१ घर भएका २४ वर्षीय धावा घ्याल्चेन रहेको प्हरीले जनाएको छ।  

Hardik ivf

काठमाडौंको भूकुटी चोकबाट बा९९प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपैयाँ सहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा प्रहरीले उनको डेरा कोठाबाट थप १७ लाख ५० हजार रूपैयाँ फेला पारेको हो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:०५ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्