Kathmandu Press

मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै

मनाङ, साउन १९ : हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्यांकले देखाएको छ।विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८/७९...
मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै
Hardik ivfHardik ivf

मनाङ, साउन १९ : हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्यांकले देखाएको छ।

विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा नौवटा घटना फर्छ्याेट भएको जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडूले जानकारी दिए। उनका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा रहेको हो। 

'विगतमा मनाङमा सम्बन्धविच्छेदका घटना दर्ता नै भएको तथ्यांक छैन। तर हाल भने दर्ता हुने र फर्छ्याेट पनि हुने गरेको छ। यस आर्थिक वर्षमा दर्ता भएका सम्बन्धविच्छेदका घटना फर्छ्याेट भएको छ”, जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश पुनाराम खनालले भने, 'यहाँ पनि सम्बन्धविच्छेदका घटना बढ्दो क्रममा रहेको छ।'

श्रेस्तेदार बडूले प्रविधिको सही उपयोग हुनुभन्दा दुरुपयोगले यस्ता घटना वृद्धि भएको बताउनुभयो। उहाँका अनुसार जिल्लामा सम्बन्धविच्छेदपछि अभद्र व्यवहारका घटना हुने गरेको छ। 

त्यस्तै आव २०७८÷७९ मा १५ मुद्दा दर्ता भएका थिए। एउटाबाहेक अन्य सबै फछ्र्यौट भएको अदालतले जनाएको छ। अभद्र व्यवहार गर्ने मुद्दा तीन, कर्तव्य ज्यान मुद्दाका एक र सवारी ज्यान मुद्दाका एकवटा मुद्दाको फछ्र्यौट भएको श्रेस्तेदार बडूले बताए।

एउटा जबर्जस्ती करणीको मुद्दा भने फर्छ्याेट हुन बाँकी रहेको उनले जानकारी दिए।

प्रकाशित मिति: १३:०८ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्