स्वास्थ्य सेवा सुदृढीकरणका लागि प्रतिष्ठान र तिलागुफाबीच सम्झौता
मान्म, साउन १९ : स्वास्थ्य सेवा सुदृढीकरणका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कालिकोटको तिलागुफा नगरपालिकाबीच सम्झौता भएको छ। तिलागुफा नगर अस्पतालमा विशेषज्ञ...
मान्म, साउन १९ : स्वास्थ्य सेवा सुदृढीकरणका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कालिकोटको तिलागुफा नगरपालिकाबीच सम्झौता भएको छ। तिलागुफा नगर अस्पतालमा विशेषज्ञ सेवा सञ्चालनका लागि ती दुई निकायका बीचमा सम्झौता भएको हो।
प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महत र तिलागुफा नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
नगर अस्पतालमा नियमित सेवा सुरु गर्न एक औपचारिक कार्यक्रमकाबीच शुभारम्भ गरी नियमितरूपमा स्वास्थ्य सेवा पाउने नगर उपप्रमुख शाहीले जानकारी दिए। 'नगरवासीले उपचारका लागि टाढा नगई घर नजिकै उपचार पाउने सुनिश्चितता गरिएको छ,' उनले भने, 'अबका दिनमा विषेशज्ञ सेवा नगरपालिकामा नै उपलब्ध हुनेछ।'
प्रतिष्ठानको सातौं सभाले निर्णय गरी कर्णाली प्रदेशका सबै जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय तह तथा सरकारी स्वास्थ्य संस्थासँग सहकार्य गर्ने र प्राविधिक सहयोग गर्ने उद्देश्यअनुरुप नै प्रतिष्ठान र तिलागुफा नगरपालिकाबीच सम्झौता भएको जनाइएको छ।
'नगरपालिकाको स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक विशेषज्ञ चिकित्सक खटाउने छौं,' उनले भने, 'प्रतिष्ठानले विशेषज्ञ सेवाका लागि महिनामा कम्तीमा एकपटक विशेषज्ञ चिकित्सकद्वारा शिविर सञ्चालन हुनेछ।'
नगरपालिका स्वास्थ्य संस्थाबाट उपलब्ध हुने गुणस्तर सेवा विस्तार सुधार गर्दै नगर अस्पताल राँचुली स्वास्थ्य संस्थाबाट नियमित विशेषज्ञ सेवा सञ्चालन गर्ने सम्झौता भएको नगर उपप्रमुख शाहीले जानकारी दिए।
'प्रतिष्ठानले गुणस्तरीय छिटो र छरितो स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्नेछ,' उनले भने, 'नगरपालिका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।'












