Kathmandu Press

प्राविधिक शिक्षामा छात्राको आकर्षण

गलेश्वर, साउन १९ : पश्चिम म्याग्दीको मालिका गाउँपालिका-७ बिममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट विद्यार्थी आएका छन्।२०६८...
प्राविधिक शिक्षामा छात्राको आकर्षण

गलेश्वर, साउन १९ : पश्चिम म्याग्दीको मालिका गाउँपालिका-७ बिममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट विद्यार्थी आएका छन्।

२०६८ सालमा जिल्लामा नै पहिलोपटक सञ्चालन भएको किसानी कृषि प्राविधिक शिक्षालयले ११ वर्षको अवधिमा ५ सय बढी कृषि प्राविधिक उत्पादन गर्नुका साथै शिक्षालयको भौतिक पूर्वाधारमासमेत उल्लेख्य सफलता प्राप्त गरेको छ। कृषि विषय अध्ययनका लागि विद्यार्थीको आकर्षण बढ्दै गएपछि शिक्षालयमा भौतिक पूर्वाधार थप गरिएको छ।

सुविधासम्पन्न भवनमा सूचना र प्रविधिका अत्याधुनिक साधनको प्रयोग गरेर शिक्षा दिइँदै आइएको शिक्षालयका संयोजक करन कँडेलले बताए। विद्यार्थीलाई किसानका खेतबारी र पशुगोठमा नै लगेर प्रयोगात्मक शिक्षा दिइँदै आएको उनको भनाइ छ। शिक्षालयमा छात्रको तुलनामा छात्राको सङ्ख्या बढी रहेको कृषि प्राविधिक शिक्षालयले जनाएको छ।

Hardik ivf

विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटिए, पाँच वर्ष अघि ९विसं २०७४ सालदेखि० तीनवर्षे आइएस्सी ९एजी० र २०७६ सालदेखि भेटेरीनरी ९पशु रोगको चिकित्सा वा उपचारसम्बन्धी० शिक्षा अध्यापन हुँदै आएको छ। शिक्षालयमा अहिले सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दीलगायत १२ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका शिक्षालयका संयोजक उहाँले जानकारी दिए।

उनका अनुसार हाल शिक्षालयमा ९० छात्रा र ५१ छात्र अध्ययनरत छन्। हाल शिक्षालयमा विभिन्न जिल्लाका १४१ जना विद्यार्थी अध्ययनरत छन्। कृषि डिप्लोमा ५१ जना, डिप्लोमा पशुतर्फ ६० जना र प्रि डिप्लोमातर्फ ३० जना गरी १४१ जना विद्यार्थीले कृषि र पशुसम्बन्धी शिक्षा लिइरहेका छन्।

मासिक रु पाँच हजारमा आवासीय सुविधासहित गुणस्तरीय शिक्षा प्राप्त गर्न पाएकाले विद्यार्थीको चाप बढ्दै गएको किसानी प्राविधिक शिक्षालयले जनाएको छ।

यही साउन १६ गते कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले पहिलो बेते भैँसीको पेटमा अड्किएको पाडो  जीवित्तै बाहिर निकालेर भैँसीलाई सुत्केरी गराउन सफल भएका छन्। गत सोमबार स्थानीय भूपेन्द्र शर्माको पहिलो बेते भैँसीको पेटमा पाडो अड्किएपछि सुत्केरी हुन नसकेको भैँसीको पेटबाट डा रोशन बानियाँ र डा प्रशन्न पोख्रेलको सहयोगमा किसानी कृषि प्राविधिक शिक्षालयमा पशु विज्ञान विषयमा अध्ययनरत प्रशिक्षार्थीले भैँसीको पेटमा अडिकएको पाडो निकालेका हुन्।

शिक्षालयका संयोजक कँडेलका अनुसार शिक्षालयले कृषि तथा पशु क्षेत्रका समुदायसँग समन्वय गरी स्थानीयस्तरमाट नै पशु चिकित्साको बारेमा ज्ञान दिने उद्देश्यसहित विभिन्न कार्यक्रम गरिरहेको छ। भौतिक पूर्वाधारले सम्पन्न किसानी कृषि प्राविधिक शिक्षालयले पछिल्लो समय बाली र पशु विज्ञानमा राम्रो नतिजा प्राप्त गर्दै आएको स्थानीय टेकबहादुर जुग्जालीले बताए।

आइएस्सी (एजी) तेस्रो सेमिस्टरमा अध्ययनरत छात्रा प्रकृति बुढाले नेपाल कृषिप्रधान देश भए पनि अधिकांश जग्गामा व्यावसायिक रूपमा खेती नगरिँदा बाँझिएको र आफू कृषि प्राविधिक भएपछि किसानलाई परम्परागत तरिकाले होइन, आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक रूपमा खेती गर्न सिकाउने उद्देश्यले यस विषयमा आकर्षित भएको बताए।

त्यसैगरी पशु विज्ञानतर्फ दोस्रो सेमिस्टरमा अध्ययनरत सुरन विकले स्वरोजगार र ग्रामीण भेगका पशुपालक कृषकहरुको सेवाका लागि आफूले पशु विज्ञान रोजेको जानकारी दिए। १८ महीने जेटिएमा अध्ययनरत तारा शर्माले अझै पनि कृषि पेशा परम्परागत तरिकाले गरिँदै आइएको र आफूले कृषि पढेर जेटिए बनेपछि आधुनिक रूपमा व्यावसायिक कृषि पेशा सिकाउने उद्देश्यले कृषि प्राविधिक शिक्षालयमा पढ्न आएको बताए।

स्थानीय स्रोतका भरमा शिक्षकलाई तलब खुवाएर यो शिक्षालय सञ्चालन गरिएको छ। स्थानीय चन्दादाता र वैदेशिक रोजगारीमा गएका बिमवासीको सहयोगमा शिक्षालय सञ्चालन भइरहेको शिक्षालयका प्रमुख एवं किसानी माविका प्रधानाध्यापक जङ्गबहादुर गर्वुजाको भनाइ छ।

विद्यार्थीलाई प्रयोगात्मक विधिद्वारा शिक्षण गराइँदै आएको र ‘देशको समृद्धि व्यावसायिक कृषि’ भन्ने मूल उद्देश्यका साथ कृषि प्राविधिक शिक्षालय सञ्चालन गरिएको शिक्षालयका उहाँको भनाइ छ।

प्रकाशित मिति: १२:१९ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्