Kathmandu Press

मेडिकल कलेजविरुद्ध चितवनमा विद्यार्थीको प्रदर्शन

चितवन, मंसिर ८ : मेडिकल कलेजका विद्यार्थीमाथि कुटपिट गरेको विरोधमा चितवनमा विद्यार्थीले प्रदर्शन गरेका छन्।

सरकारले तोकेभन्दा बढी शुल्क लिएक....

मेडिकल कलेजविरुद्ध चितवनमा विद्यार्थीको प्रदर्शन

चितवन, मंसिर ८ : मेडिकल कलेजका विद्यार्थीमाथि कुटपिट गरेको विरोधमा चितवनमा विद्यार्थीले प्रदर्शन गरेका छन्।

सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा छन्। उनीहरूमाथि शनिबार कुटपिट गरिएको विरोधमा आज प्रदर्शन सुरू भएको छ।

चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसबाट विद्यार्थीले प्रदर्शन सुरू गरेका छन्। चितवन मेडिकल कलेज चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाई वीरेन्द्र क्याम्पसका विद्यार्थी पनि प्रदर्शनमा सहभागी भएका छन्। अन्य क्याम्पसका विद्यार्थीले पनि साथ दिएका छन्।

उनीहरूले मेडिकल कलेज संचालक विरुद्ध नाराबाजी गरिरहेका छन्। सरकारले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेज संचालकलाई कारबाही गर्न विद्यार्थीले माग गरेका छन्।

गएराति चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ। आन्दोलन दवाउन कलेज संचालकसँग मिलेर प्रहरीले नै पेस्तोल राखेको विद्यार्थीको भनाइ छ।

सरकारले तोकेभन्दा बढी शुल्क फिर्ता गर्न माग गर्दै चितवनलगायत विभिन्न कलेजका विद्यार्थी आन्दोलनमा छन्। सरकारले १५ दिनभित्र बढी शुल्क पिर्ता गर्न कलेज संचालकलाई समय दिएको छ।

सरकारले दिएको समय भोलि सकिँदै छ। तर, मेडिकल कलेज संचालकले भने अहिलेसम्म कसैको पनि पैसा फिर्ता गरेका छैनन्। उल्टै आन्दोलनरत विद्यार्थीलाई दवाउदै आएका छन्।

प्रकाशित मिति: १३:१२ बजे, आइतबार, मंसिर ८, २०७६