Kathmandu Press

क्यानडामा मंकीपक्सका ८९० सङ्क्रमित

ओटावा, साउन १९ : क्यानडामा पनि मंकीपक्सका सङ्क्रमितहरु भेटिन थालेका छन्। एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मंकीपक्सका सङ्क्रमित पाइएका जनाइएको...
क्यानडामा मंकीपक्सका ८९० सङ्क्रमित

ओटावा, साउन १९ : क्यानडामा पनि मंकीपक्सका सङ्क्रमितहरु भेटिन थालेका छन्। एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मंकीपक्सका सङ्क्रमित पाइएका जनाइएको छ।

यहाँका स्वास्थ्य संस्थाहरुले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएका जनाइएको छ। यस सहरमा सुरुदेखि नै मंकीपक्सको सङ्क्रमण बढेको पाइएको थियो।

क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मंकीपक्सको सङ्क्रमणको लगत राखेको र यस सम्बन्धमा अनुुसन्धान पनि गरिरहेको जनाएको छ।

यहाँको सरकारले मंकीपक्सका विरुद्धको कम्तीमा पनि ७० हजार खोप  लगाउन तयार रहेको र ठुलो सङ्ख्यामा स्वास्थ्यकर्मी पनि खटाइएको जनाएको छ।

पछिल्ला केही महिनामा यो मंकीपक्सको सङ्क्रमण विश्वका कैयौँ देशमा पुगेको छ। यसका कारण विश्व स्वास्थ्य संगठनले यसलाई स्वास्थ्य सङ्कटका रुपमा पनि घोषणा गरेको छ।

प्रकाशित मिति: १२:०२ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्