Kathmandu Press

खोटाङमा ट्र्याक्टर चालक मृतावस्थामा फेला

दिक्तेल, साउन १९ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २७ वर्षीय ट्र्याक्टर चालक किसन हिङ्माङ मृतावस्थामा परेका छन् । दिक्तेलस्थित किरातचोकमा सञ्चालित लाहुरे हार्डवेयरको...
खोटाङमा ट्र्याक्टर चालक मृतावस्थामा फेला

दिक्तेल, साउन १९ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २७ वर्षीय ट्र्याक्टर चालक किसन हिङ्माङ मृतावस्थामा परेका छन् । दिक्तेलस्थित किरातचोकमा सञ्चालित लाहुरे हार्डवेयरको ट्र्याक्टर चालक हिङ्माङ आज बिहान सुतेकै ठाउँमा मृत फेला परेका हुन्।

हिङ्माङको नाकबाट रगत बगिरहेको देखिएको घटनास्थलमा पुग्नुभएका प्रहरी निरीक्षक रोमणराज अर्यालले बताए । ‘घटनाको अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘शव परीक्षण रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिन्छ।’

Hardik ivf

दिनभर घरधनीको कोदो रोप्ने काममा सघाएका हिङ्माङ बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत फेला परेको स्थानीय राजन केसीले बताए ।  हिङ्माङको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ।

किसनको शव शङ्कास्पद अवस्थामा फेला परेकाले छानविन नगरी परीक्षण गर्न नहुने उनका आफन्त रामकुमार हिङ्माङले माग गरे । ‘बुधबार बेलुका झगडा भएको भन्ने सुन्नमा आएको छ,’ उनले भने, ‘किसनको मृत्यु नभई हत्या भएको अनुमान गरिएको छ । यस विषयमा छानविन नगरी शव परीक्षण गर्न हुँदैन।’

हिङ्माङ श्रीमती र एक छोरा छन् । उनीहरु आफ्नै घर बाम्राङमा बस्दै आएको जनाइएको छ।

प्रकाशित मिति: १२:०० बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्