Kathmandu Press

न्यूजिल्यान्डमा भूकम्प, पाँच हजार विस्थापित

काठमाडौं, मंसिर ८ :  न्यूजिल्यान्डमा आइतबार बिहान ५.९ म्याग्नीच्युडको भूकम्प आएको छ।

देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजारौं व्यक्....

न्यूजिल्यान्डमा भूकम्प, पाँच हजार विस्थापित

काठमाडौं, मंसिर ८ :  न्यूजिल्यान्डमा आइतबार बिहान ५.९ म्याग्नीच्युडको भूकम्प आएको छ।

देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएका छन्। स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा पाँच हजारभन्दा बढी विस्थापित भएका हुन्।

भूकम्पका कारण कति जनाको मृत्यु भयो र अन्य के कति क्षति भयो भन्ने विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन्।

स्थानीय समयानुसार आइतबार विहान ५.३४ बजेतिर भूकम्प आएको हो। भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सुरुमा ५.३ म्याग्नीच्युड र त्यसपछि सवैभन्दा ठूलो ५.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले बताएका छन्।  भूकम्प केन्द्रविन्दु समून्द्रको एक सय १५ किलोमिटर तल रहेको जनाइएको छ।

प्रकाशित मिति: १२:४८ बजे, आइतबार, मंसिर ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्