Kathmandu Press

मोटरबाट पानी तान्दा करेन्ट लागेर तीन जनाको मृत्यु

सप्तरी, साउन १९ : आँगनमा रहेको मोटरबाट पानी तान्दा सप्तरीमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ।कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई...
मोटरबाट पानी तान्दा करेन्ट लागेर तीन जनाको मृत्यु

सप्तरी, साउन १९ : आँगनमा रहेको मोटरबाट पानी तान्दा सप्तरीमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ।

कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन्। उनीहरु ससुरा–बुहारी हुन्।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो।

अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो। दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए।

यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय  शिवशङ्कर साहको करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो। 

प्रकाशित मिति: ०७:०६ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्