Kathmandu Press

सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्छ : पाण्डे

चितवन, मंसिर ८ : नेकपा स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

आइतबार ....

सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्छ : पाण्डे

चितवन, मंसिर ८ : नेकपा स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

आइतबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले सरकार, विपक्षी, अन्य दल र आम नेपालीले सीमाका विषयमा एउटै आवाज बनाउनुपर्ने बताए। ‘सीमा सबै मिलेर रक्षा गरौँ, देशको भूभाग गुमोस् भन्ने कसैले पनि चाहँदैन । ठूलो आवाज भयो भने आज नपाइएला एउटा विन्दुमा गएर सहमति नखोजी धर पाउँदैन,’ उनले भने।

सरकारका कामका सन्दर्भमा उनले घोषणापत्र आफैँमा महत्वकाङ्क्षी भएकाले पूरा गर्न कठिन हुने बताए। आफ्नो पार्टीले घोषणा पत्र बनाउँदा यथार्थ धरातलमा नलेखेका कारण ५०÷६० प्रतिशतभन्दा बढी पूरा गर्न कठिन हुने बताए।

घोषणापत्र निर्माणका क्रममा कतिपय विषय सच्याउन लगाएको पाण्डेको भनाइ थियो। यद्यपि पार्टीले विकास र परिवर्तनका विषयलाई घोषणापत्रमा राख्नु सकारात्मक भएको उनको भनाइ थियो।

प्रकाशित मिति: १२:३५ बजे, आइतबार, मंसिर ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्