Kathmandu Press

थकनी डाँडाकटेरीका १४ घर पहिराको उच्च जोखिममा

सिन्धुपाल्चोक, साउन १८ : मेलम्ची नगरपालिका–४ थकनीको डाँडाकटेरीमा १४ घर पहिराको उच्च जोखिममा परेका छन्। जोखिममा परेका १४ घरको आज नगर उपप्रमुख उमा...
थकनी डाँडाकटेरीका १४ घर पहिराको उच्च जोखिममा

सिन्धुपाल्चोक, साउन १८ : मेलम्ची नगरपालिका–४ थकनीको डाँडाकटेरीमा १४ घर पहिराको उच्च जोखिममा परेका छन्। जोखिममा परेका १४ घरको आज नगर उपप्रमुख उमा प्रधानलगायत जनप्रतिनिधि र प्राविधिकले अवलोकन गरेपछि तत्काल राहतका लागि वडामार्फत नगर कार्यपालिकामा सिफारिस गर्न आग्रह गरिने भएको वडासदस्य कमल तामाङले बताए।

कान्छाराम तामाङ, जितबहादुर तामाङ, रणबहादुर तामाङ, कृष्णबहादुर तामाङ, रामबहादुर तामाङको पाँच घर परिवारलाई तत्काल स्थानान्तरणका लागि टेन्टको व्यवस्थापन गर्नुपर्ने देखिएको नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले बताए।

जोखिमको तह पनि बढिरहेको र बिहानभन्दा दिउँसो झन जमिन भासिँदै गएको देखिएको दुलालले बताए। अहिले सुरक्षित स्थानमा राखी विज्ञको सिफारिसका आधारमा अन्य सहयोग गरिने नगर प्रमुख आइतमान तामाङले बताए।

प्रकाशित मिति: २०:४४ बजे, बुधबार, साउन १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्