Kathmandu Press

उन्चालीस वर्षीया महिलाको पाठेघरबाट १० किलो ट्युमर शल्यक्रिया गरी झिकियो

उन्चालीस वर्षीया महिलाको पाठेघरबाट १० किलो ट्युमर शल्यक्रिया गरी झिकियो

विराटनगर, साउन १८ : विराटनगरस्थित विराट नर्सिङ होममा एक महिलाको पाठेघरबाट नौ किलो २०० ग्रामको फाइब्रोड नामक ट्युमर शल्यक्रिया गरी झिकिएको छ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–४ निवासी ३९ वर्षीया महिलाको पेटबाट अस्पतालका चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा आज सफल शल्यक्रिया भएको हो।

Hardik ivf

करिब एक घण्टा २० मिनेट लगाएर गरिएको शल्यक्रियामा डा भानु न्यौपाने, डा वात्सल्य अर्याल, डा फारिदा खातुनलगायतको टिम सहभागी थियो। सफल शल्यक्रियापछि डा कार्कीले यति धेरै वजनको मासुको थुप्रो लिएर ती महिला अस्पतालसम्म आउन सक्नु आश्चर्य भएको उल्लेख गर्दै भने, 'शल्यक्रिया सफल भयो, बिरामीको अवस्था सन्तोषजनक छ खुसी लागेको छ।'

विगत दुई वर्षदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित परीक्षण गर्दा सानो पाँचरछ सेमी आकारको मासु पलाएको रिपोर्ट थियो। कोरोनाका कारणले पुनः उपचार र परीक्षण हुननसकेको तर पेटमा कुनै समस्या पनि देखा नपरेको बिरामीको आफन्तले बताएका छन्।

आफन्तका अनुसार विस्तारै विस्तारै पेट बढ्दै गयो। मोटाएको जस्तो महसुस भयो तर कुनै दुःख अप्ठ्यारो नभएको हुनाले ठीकै छ भनेर बिरामी घरमा बसिरहेकी थिइन् तर पेट धेरै मोटाएको हुनाले विराट नर्सिङ होममा आएर परीक्षण गर्दा ३०/४० सेमी आकारको ट्युमर देखा पर्‍यो। शल्यक्रिया नगरी अरु उपाय नभएको चिकित्सकले बताएपछि शल्यक्रिया गर्नुपरेको बिरामी कुरुवा बसेका आफन्तले बताएका छन्।

प्रकाशित मिति: २०:४२ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्