Kathmandu Press

देउवालाई स‌ंचारमन्त्रीकाे जवाफ, 'देशभक्तिमा हाम्रो भाषा लर्बरिँदैन'

पोखरा, मंसिर ८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले देशभक्तिका प्रश्नमा तलमाथि नहुने बताएका छन्।

आज बिहान....

देउवालाई स‌ंचारमन्त्रीकाे जवाफ, 'देशभक्तिमा हाम्रो भाषा लर्बरिँदैन'

पोखरा, मंसिर ८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले देशभक्तिका प्रश्नमा तलमाथि नहुने बताएका छन्।

आज बिहान पोखरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवाले लगाएको आरोप चुनावी मसाला मात्रै भएको बताए। शनिबार आयोजित आमसभामा बोल्दै कांग्रेस सभापति देउवालले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमै भारतले नक्सा प्रकाशन गरेको आरोप लगाएका थिए। उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकका विषयमा प्रधानमन्त्री ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको जिकिर गरेका थिए।

त्यसको जवाफ दिँदै सरकारका प्रवक्ता बास्कोटाले भने, ‘देशभक्तिको प्रश्नमा हाम्रो भाषा लर्बरिँदैनँ। नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने, अहिले चाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ? चुनाव हार वा जितसँग यस्ता विषय ल्याएर जोड्नु हुँदैन।’

उनले भारतसँग भएका अन्य सन्धी र सम्झौतामा पनि देउवाले जवाफ दिनुपर्ने बताए। ‘यस्ता आरोप लगाउने हो भने गण्डकी, कोशीमा सम्झौता गर्दाखेरि ती सबैको एकमुष्ट जवाफ श्री शेरबहादुर देउवाले दिनुपर्छ। उहाँको दलले दिनुपर्छ,’ बास्कोटाले भने।

पत्रकार सम्मेलनमा उनलाई चुनावी आचार संहिताका विषयमा प्रश्न गरिएको थियो। उनले आफूले आचारसंहिता उलंघन नगरेको बताए। ‘म चुनावी प्रचारमा आएको होइन,’ उनले भने।

प्रकाशित मिति: ११:५४ बजे, आइतबार, मंसिर ८, २०७६