बालिकाकाे बाल्टीमा डुबेर मृत्यु, आमा र बाजेबज्यै पक्राउ
धनगढी, मंसिर ८ : पानी भरिएको बाल्टीमा डुबेर कैलालीमा एक बालिकाको मृत्यु भएको छ। प्रहरीले शंस्कास्पद रहेको भन्दै आमा र बाजेबज्यैलाई प्रहरीले नियन्त्रणम....
धनगढी, मंसिर ८ : पानी भरिएको बाल्टीमा डुबेर कैलालीमा एक बालिकाको मृत्यु भएको छ। प्रहरीले शंस्कास्पद रहेको भन्दै आमा र बाजेबज्यैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गएराति कैलालीको लम्कीचुहा नगरपालिका–८ की राधिका तिमल्सिनाकी १५ महिने छोरी गरिमाको पानी भरिएको बाल्टीमा डुबेर मृत्यु भएको जनाएको छ।
बालिकाकी आमा राधिका र उनका सासुससुराबीच झगडा भएपछि शनिबार उनी माइतीघर गएकी थिइन। उनले १५ महिने गरिमालाई सासुसुरासँगै छोडेकी थिइन्।
तर, राति बालिकाको बाल्टीमा डुबेर मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतका अनुसार, घटना शंकास्पद देखिएको छ।
प्रहरीले बालिकाकी आमा राधिका, उनका सासुससुरालाई नियन्त्रणमा लिएको छ। सोधपुछका लागि उनीहरूलाई नियन्त्रणमा लिएको डीएसपी बस्नेतले बताए।






