Kathmandu Press

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अभियुक्त पक्राउ

काठमाडाैं, साउन १८ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जना अभियुक्तलाई पक्राउ गरेको छ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान नं ४०१...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अभियुक्त पक्राउ

काठमाडाैं, साउन १८ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जना अभियुक्तलाई पक्राउ गरेको छ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान नं ४०१ विमानमार्फत भारतको मुम्बई उड्न लागेका कैलालीको धनगढीका सन्तोषकुमार लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा लामिछानेलाई विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए। उनले भने, 'सो व्यक्ति भाग्न लागेको भन्ने सूचना कैलाली प्रहरीबाट प्रहरी प्रधान कार्यालयलाई सूचना आयो। विमानस्थलबाट विमान चढिसकेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको हो। विमानस्थलबाट हिरासतमा लिएर हाल गौशला प्रहरीमा राखिएको छ, थप अनुसन्धानका लागि कैलाली पठाउने तयारी भइरहेको छ।'

Hardik ivf

प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली विमानस्थलबाट अभियुक्तलाई पक्राउ गरेको हो। श्रीमान् श्रीमतीसँगै मुम्बई जान लागेको अवस्थामा पक्राउ गरिएको हो। ब्यूरोको टोलीले विमानस्थल सुरक्षा प्रहरी कार्यालय र नेपाल एयरलाइन्ससँग समन्वय गरी जहाजको उडान रोकेर अभियुक्त पक्राउ गरिएको थियो। सुनचाँदी व्यवसायमा संलग्न अभियुक्त लामिछाने चोरीको घटनामा संलग्न भएको आरोप छ। अनुसन्धान चलिरहेका बेला भाग्न लागेको भन्ने खबर प्रहरीले पाएपछि निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। विमानमा चालकदलका सदस्यसहित १४१ सवार रहेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार दिउँसो १ बजेर १० मिनेटको उडानबाट मुम्बई उड्न लागेका अभियुक्त लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। नेपाल एयरलाइन्सको उक्त जहाज दुई घण्टापछि अर्थात् दिउँसो ३ बजेर १० मिनेटमा मुम्बई उडेको छ। उडान भर्न लागेको विमानमात्रै डिले भएको अन्य उडानमा कुनै अवरोध नभएको महाप्रबन्धक ठाकुरले बताए। विमानस्थलको सबै उडान नियमितरुपमा सञ्चालन भइरहेको पनि उनले जानकारी दिए।

प्रकाशित मिति: १८:१६ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्