Kathmandu Press

मुख्यमन्त्री भट्टद्वारा राजपुर–कुमालीकोट सडक अनुगमन

डोटी, साउन १८ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिपायल सिलगढी नगरपालिका–४ अन्तर्गत पर्ने राजपुर–कुमालीकोट सडक खण्डको अनुगमन गरेका छन्।स्थानीयवासीबीच आपसी विवादका कारण...
मुख्यमन्त्री भट्टद्वारा राजपुर–कुमालीकोट सडक अनुगमन

डोटी, साउन १८ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिपायल सिलगढी नगरपालिका–४ अन्तर्गत पर्ने राजपुर–कुमालीकोट सडक खण्डको अनुगमन गरेका छन्।

स्थानीयवासीबीच आपसी विवादका कारण सडक पूरै निर्माण हुन नसकेको तथा निर्माण भएको सडक विभिन्न ठाउँमा बिग्रेको जानकारी पाउनु भएपछि मुख्यमन्त्री भट्टले उक्त सडकको अनुगमन गरेकाे उनका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए।

Hardik ivf

मुख्यमन्त्री भट्टले भने, 'सबै जनतालाई फाइदा हुने सडक निर्माणमा विवाद नगर्नुस्, बजेट थप चाहिए लेखेर पठाउनुस्, म विनियोजन गराउँछु।'

सुदूरपश्चिम प्रदेश सरकारबाट उक्त सडक निर्माणका लागि बजेट विनियोजित भए पनि स्थानीयवासीहरु बीचको आपसी विवादका कारण विनियोजित भएको रकम फ्रिज भएको वडाध्यक्ष अशोककुमार सोवले बताए।

उनले भने, 'प्रदेश सरकारबाट सडक निर्माणका लागि बजेट आयो तर काम गर्ने विषयमा विवाद भएपछि रकम फ्रिज भएको छ, अब फेरि बजेट हाल्नुपर्ने अवस्था छ।'

स्थानीयवासीहरुकै विवादका कारण हाल केही निर्माण गरिएको उक्त सडक खण्डमा साँघुरो हुनाका साथै नाली नहुँदा पानी सडकमा बग्ने समस्या देखिएको स्थानीयवासी बताउँछन्।

सडक निर्माणका क्रममा केही स्थानीयका घरखेत सडकमा पर्ने अवस्था देखिएपछि उक्त सडक निर्माणमा विवाद सृजना भएको स्थानीयवासीले जानकारी गराएका छन्।

प्रकाशित मिति: १७:२८ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्