Kathmandu Press

युक्रेनको आणविक ऊर्जा केन्द्र नियन्त्रण बाहिर, दुर्घटनाको चेतावनी

किभ, साउन १८ : संयुक्त राष्ट्रसङ्घका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र पूर्णरूपमा नियन्त्रण बाहिर रहेको बताउँदै आणविक दुर्घटना...
युक्रेनको आणविक ऊर्जा केन्द्र नियन्त्रण बाहिर, दुर्घटनाको चेतावनी

किभ, साउन १८ : संयुक्त राष्ट्रसङ्घका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र पूर्णरूपमा नियन्त्रण बाहिर रहेको बताउँदै आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति आकलनका निम्ति भ्रमणको अनुमति दिन युक्रेन र रूसलाई अनुरोध गरेका छन्। 

अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले एसोसिएटेड प्रेससँगका अन्तर्वार्तामा रूसी सेनाले गत मार्चको शुरुमा कब्जा गरेको दक्षिणपूर्वी सहर एनरहोदरको जापोरिझ्झ्या आणविक केन्द्रको अवस्था दिनप्रतिदिन जोखिमपूर्ण हुँदै गइरहेको बताए। 

उक्त केन्द्रमा आणविक सुरक्षाका हरेक सिद्धान्त उल्लङ्घन गरिएका बताउँदै उनले त्यसले अत्यन्त गम्भीर र खतरनाक परिस्थिति निम्त्याउनसक्ने चेतावनी दिनुभयो। उहाँले केन्द्र नजिकको रूस नियन्त्रित क्षेत्रमा चर्केको भीषण युद्धले आणविक केन्द्रको सुरक्षा जोखिममा परेको बताए। 

केन्द्रका उपकरण र पार्टपुर्जाको आपूर्ति शृङ्खला अवरूद्ध भएकाले त्यहाँ रहेका आणविक सामग्री सुरक्षित रहेनरहेको यकिन गर्न निरीक्षण विज्ञद्वारा निरीक्षण अत्यावश्यक भएको उनले बताए। चेर्नोविल दुर्घटनाजस्तो नहोस् भनेर बेलैमा सचेत हुन अति जरूरी भएकामा उनले जोड दिए। 

आणविक दुर्घटना हुनबाट रोक्न जापोरिज्ज्या केन्द्रको निरीक्षण आवश्यक भएको ग्रोसीको कथन छ। केन्द्रमा पुग्न आफू, आफ्नो टोलीलाई सुरक्षालगायत अन्य आवश्यक व्यवस्था गर्न उनले रूस र युक्रेनलाई अपिल पनि गरेका छन्।

प्रकाशित मिति: १७:०९ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्