Kathmandu Press

भारतमा कोरोना सङ्क्रमणमा पुनः वृद्धि

काठमाडाैं, साउन १८ : बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १७ हजार एक सय ३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार...
भारतमा कोरोना सङ्क्रमणमा पुनः वृद्धि
Hardik ivf

काठमाडाैं, साउन १८ : बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १७ हजार एक सय ३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ। 

देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ६७ हजार एक सय ४४ पुगेको छ।  गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना सङ्क्रमित बुधबार प्रकाशित तथ्याङ्कअनुसार पुनः वृद्धि भएको देखिएको छ।
 
देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन्। यसैगरी १९ हजार आठ सय २३ सङ्क्रमणमुक्त भएका छन्। योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३४ लाख ८३ तीन हजार  छ सय १० पुगेको छ। 

हिजो २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट पाँच लाख २६ हजार चार सय ७७ जनाको मृत्यु भएको छ। 
    
महामारी सुरु भएयता ८७ करोड ७६ लाखभन्दा बढीको परीक्षण गरिएको छ। सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ। अभियानअन्तर्गत हालसम्म दुई अर्ब चार करोड ८४ लाख ३० हजार  सात सय ३२ मात्रा खोप लगाइएको छ।

प्रकाशित मिति: १७:०७ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्