Kathmandu Press

वर्ल्डलिङ्कलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड

काठमाडौं, साउन १८ : देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले ‘प्रदेशको इमर्जिङ सेक्टर’का लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ । प्रदेशको अर्थतन्त्र...
वर्ल्डलिङ्कलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड

काठमाडौं, साउन १८ : देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले ‘प्रदेशको इमर्जिङ सेक्टर’का लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ । 

प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो। 

मधेस प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यवसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिएको हो । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए । त्यसक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र प्रदेशका अन्य मन्त्रीहरूको समेत उपस्थिति थियो ।

वर्ल्ड लिंकले नेपालका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रमा वृहत फाइवर नेटवर्क निमार्ण गरि नेपालको ७५ जिल्लाहरुमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरिय इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको  छ ।  वर्तमान समयमा ६,४५,००० भन्दा बढी घरधुरी इन्टरनेट प्रयोगकर्ता तथा ९,००० भन्दा बढि संघ सस्था, बैकं एवं वित्तिय संस्था तथा सरकारी कार्यालयहरुलाई इन्टरनेट एवं डाटा कनेक्टिभिटि लगायत १३००० भन्दा बढी स्थानहरूमा फ्रि वाइफाई सेवा उपलब्ध गराइरहेको कम्पनिको दाबी छ। 

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोष मार्फतको परियोजना अन्तर्गत यस कम्पनीले नेपालको विकट क्षेत्र कर्णाली प्रदेशको आठै जिल्ला र गण्डकी प्रदेशको पाँच जिल्लामा सफलतापुर्वक नेटवर्क विस्तार गरि इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको कम्पनीको दाबी छ। 

प्रकाशित मिति: १७:०२ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्