महाबौद्ध गुम्बाबाट सुनको जलपयुक्त बुद्धको मूर्ति चोरी
चितवन, मंसिर ८ : सुनको जलप लगाएको बुद्धको मूर्ति भरतपुरस्थित गुम्बाबाट चोरी भएको छ।
भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीन....
चितवन, मंसिर ८ : सुनको जलप लगाएको बुद्धको मूर्ति भरतपुरस्थित गुम्बाबाट चोरी भएको छ।
भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको हो। सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले बताए।
गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनको भनाइ छ। त्यस्तै, सेफ (गोप्य दानपेटिका) फोडिएको अध्यक्ष गुरुङले बताए।
गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन। उनका अनुसार, दानपेटिकामा लाखौँ रुपैयाँ रहेको थियो।
आज बिहान ४ बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले मुचुल्का उठाएको छ।
के कति पैसा चोरियो भन्ने यकिन भएको छैन। प्रहरीले अनुसन्धान सुरू गरेको जनाएको छ।






