Kathmandu Press

इजिप्टमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु

कायराे, साउन १८ : दक्षिणी इजिप्टको सोहाग प्रान्तको मरुभूमि सडकमा माइक्रो बस र ट्रक ठोक्किँदा मङ्गलबार अबेर राति भएको दुर्घटनामा कम्तीमा १७ जनाको...
इजिप्टमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु

कायराे, साउन १८ : दक्षिणी इजिप्टको सोहाग प्रान्तको मरुभूमि सडकमा माइक्रो बस र ट्रक ठोक्किँदा मङ्गलबार अबेर राति भएको दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन्।

घटनास्थलमा पन्ध्रवटा एम्बुलेन्सहरू घाइतेहरूलाई सोहाग पब्लिक अस्पतालमा लैजानका लागि पुगेका सोहागका गभर्नर तारेक अल–फिकीले सिन्ह्वालाई बताएका छन्।

प्रारम्भिक अनुसन्धानमा माइक्रोबस चालकले विपरित तर्फबाट आउँदै गरेको ट्रकसँग ठोक्किएर ठक्कर दिन खोज्दा तीब्र गतिका कारण दुर्घटना भएको हो उहाँले थप जानकारी दिएका छन्। 

कमजोर सडक पूर्वाधार र ढिलो रूपमा लागू गरिएको ट्राफिक नियमहरूको कारण इजिप्टमा सडक दुर्घटनाहरू सामान्य जस्तो भएको पाइन्छ । 

पछिल्ला केही वर्षहरूमा, इजिप्टले आफ्नो सडक सञ्जाललाई स्तरोन्नति गरिरहेको छ, नयाँ सडक र पुलहरू निर्माण गरिरहेको छ, र ट्राफिक दुर्घटनाहरू कम गर्न पुरानाहरू मर्मत गरिरहेको छ।

प्रकाशित मिति: १४:५९ बजे, बुधबार, साउन १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्