Kathmandu Press

बेपत्ता सुनारको शव फेला

चन्द्रौटा, साउन १८ : खोलाले बगाएर बेपत्ता भएका दिलकुमार सुनारको शव आज फेला परेको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–९ बर्दवास्थित कोइली खोलाले मङ्गलबार सुनारका...
बेपत्ता सुनारको शव फेला
Hardik ivf

चन्द्रौटा, साउन १८ : खोलाले बगाएर बेपत्ता भएका दिलकुमार सुनारको शव आज फेला परेको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–९ बर्दवास्थित कोइली खोलाले मङ्गलबार सुनारका दम्पती र छोरालाई बगाएको थियो ।  

वडा नं ७ बाँडीगाउँ बस्ने सुनारकी श्रीमती ३१ वर्षीया राममाया सुनारको शव मङ्गलबार फेला परेको थियो । घटनामा सुनारका १२ वर्षीय छोरा निरजको भने स्थानीयले सकुशल उद्धार गरेका थिए। 

सुनारको शव आज बिहान कपिलधाम र भलवाड छेउमा रहेको कजवे क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १४:५५ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्