Kathmandu Press

राजसंस्था स्थापनाकाे माग गर्दै राप्रपाकाे प्रदर्शन

काठमाडौं, साउन १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न माग राखेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको छ।राप्रपा कार्यकर्ताहरुले आज (बुधबार) दिउँसो हिन्दु राष्ट्र...
राजसंस्था स्थापनाकाे माग गर्दै राप्रपाकाे प्रदर्शन

काठमाडौं, साउन १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न माग राखेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको छ।

राप्रपा कार्यकर्ताहरुले आज (बुधबार) दिउँसो हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने लगायतका माग राखेर प्रदर्शन गरेका हुन् ।

राप्रपाले यिनै माग समेटेर गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पनि बुझाएको थियो । आफूहरुले राखेका ती मागको सुनुवाइ नभएको भन्दै राप्रपा कार्यकर्ता सडकमा उत्रिएका हुन्।

 

प्रकाशित मिति: १४:५१ बजे, बुधबार, साउन १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्