Kathmandu Press

‘अमेरिकाले ताइवानको साथ छाड्नेछैन’

ताइपेई, साउन १८ : अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।चीनको चेतावनीलाई बेवास्ता गर्दै मंगलबार राति यहाँ...
‘अमेरिकाले ताइवानको साथ छाड्नेछैन’

ताइपेई, साउन १८ : अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चीनको चेतावनीलाई बेवास्ता गर्दै मंगलबार राति यहाँ ताइपेईआएकी उनले  ताइवानी नेताहरूसँग आज (बुधबार) भएको भेटमा उनले ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताएकी हुन्। 

राष्ट्रपति साई इङ–वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उनले  विश्वभरि लोकतन्त्रको प्रवर्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गरे। अमेरिका र चीनबीच तनाव बढेका बेला २५ वर्षको अन्तरालमा ताइवान भ्रमण गर्ने उनी उच्च अमेरिकी अधिकारी हुन्।
  
राष्ट्रपति साईले सभामुख पेलोसीले ताइवान भ्रमण गरेकाेमा आभार व्यक्त गरे। उनले सभामुख पेलोसी ताइपइमा अवतरण गरेपछि मुख्यभूमि चीनबाट भएका सैन्य अभ्यास अनावश्यक प्रतिक्रिया भएका टिप्पणी गरे। 

कम्युनिस्ट शासित चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेको छभने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः दाबी गर्न सक्ने बताएको छ।

अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ। उसले बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता पनि दिएको छ। साथै ताइवानसँग अनौपचारिक रक्षा सम्बन्ध र अन्य अमेरिकाले  कायम नै राखेको छ।

प्रकाशित मिति: १४:३१ बजे, बुधबार, साउन १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्