Kathmandu Press

इन्धनको मूल्य समायोजन माग गर्दै अनेरास्ववियुद्वारा निगम घेराउ

काठमाडाैं, साउन १८ : एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै नेपाल आयल निगम घेराउ गरेको छ।भारतबाट इन्धनको मूल्य...
इन्धनको मूल्य समायोजन माग गर्दै अनेरास्ववियुद्वारा निगम घेराउ

काठमाडाैं, साउन १८ : एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै नेपाल आयल निगम घेराउ गरेको छ।

भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपाल आयल निगमले इन्धनको मूल्य नघटाएपछि अनेरास्ववियु वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले टेकुस्थित निगमको कार्यालयअघि विरोध प्रदर्शन गरेको हो। 

Hardik ivf

प्रदर्शनमा सहभागीहरुले स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गरेका छन्। उनीहरूले 'मूल्य वृद्धि फिर्ता गर', 'स्वचालित मूल्य प्रणाली कायम गर' लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

अनेरास्ववियु वाग्मती प्रदेश उपत्यका विशेष कमिटीका अध्यक्ष पंकज भण्डारीले पेट्रोलियम पदार्थको मूल्य बढ्दा दैनिक उपभोग्य बस्तु लगाएतको मूल्यवृद्धि भएको हुँदा अहिले पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा पनि घटाउनुपर्ने बताए। उनले आफ्नो कमजोरी लुकाउन निगमले सदैव घाटा मात्र देखाउने गरेको आरोप लगाए।

विद्यार्थीहरुको ध्यानाकर्षण पत्र बुझ्दै निगमका अधिकारीहरुले स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिबद्ध रहेको जनाए। अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य समायोजन नभए कडा संघर्ष गर्ने चेतावनी दिएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा ३० डलर मूल्य घट्दा पनि आयल निगमले अहिलेसम्म मूल्य समायोजन गरेको छैन। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा एक महिनाभित्र प्रतिलिटर २८ रुपैयाँ घटेको सूची पठाइसकेको छ।

भारतमा मूल्य बढ्दा नेपालमा बढाउने आयल निगमले अहिलेसम्म मूल्य समायोजन नगरेपछि अनेरास्ववियु आन्दोलित भएको हो।

प्रकाशित मिति: १४:१८ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्