आसियान बैठक : क्षेत्रीय आर्थिक साझेदारीका निम्ति बेग्लै सचिवालय स्थापनामा कम्बोडियाको जोड
नोमपेन, साउन १८ : सदस्य राष्ट्रहरूको अर्थतन्त्रलाई कोभिड–१९ महामारीअघिको अवस्थामा पुर्याउने तथा प्रमुख क्षेत्रीय र विश्वव्यापी चुनौतीको सामनामा केन्द्रित रहेर दश सदस्यीय दक्षिणपूर्वी...
नोमपेन, साउन १८ : सदस्य राष्ट्रहरूको अर्थतन्त्रलाई कोभिड–१९ महामारीअघिको अवस्थामा पुर्याउने तथा प्रमुख क्षेत्रीय र विश्वव्यापी चुनौतीको सामनामा केन्द्रित रहेर दश सदस्यीय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का विदेश मन्त्रीहरूको पाँचौँ बैठक यहाँ प्रारम्भ भएको छ ।
कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले क्षेत्रीय सुरक्षा, म्यानमार मुद्दा, युक्रेन युद्ध र जलवायु परिवर्तनलगायतका क्षेत्रीय चासोका विषयमा केन्द्रित रहेर बैठकको उद्घाटन गर्दै स्वतन्त्र व्यापार सम्झौताको कार्यान्वयन एवं समन्वयका लागि एकल सचिवालय स्थापना गर्ने प्रस्ताव गरेका गरेका छन्।
उनले व्यापक क्षेत्रीय आर्थिक साझेदारी (आरसिइपी) का निम्ति बेग्लै सचिवालय अपरिहार्य भएको बताए।
गत जनवरीमा लागू भएको आरसिइपीको प्रभावकारी कार्यान्वयनमा समन्वय गर्न यथाशक्य चाँडो एकल सचिवालय हुनु आवश्यक भएको बताउँदै उहाँले कम्बोडियामा उक्त सचिवालय स्थापना गर्न आफू तयार रहेको जानकारी दिए।
आसियानका सदस्य ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम र तिनका व्यापार साझेदार चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्यूजील्याण्ड सदस्य रहेको आरसिइपीको सचिववालय नोमपेनमा स्थापना गर्न सदस्य राष्ट्रबाट समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे। दीर्घकालीन रूपमा क्षेत्रीय र विश्वव्यापी आर्थिक वृद्धिमा आरसिइपीले नयाँ गति दिने उनले बताए।
कम्बोडियाले टकराव नभइ पारस्परिक एकता र सहयोगका लागि जोड दिएको बताउँदै उहाँले विभाजनका विषयलाई त्यागेर सहकार्य र साझेदारीमा सदस्य देशहरूले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिए। कम्बोडियाली नेताले युक्रेन युद्धले गम्भीर आर्थिक अवरोधका साथै खाद्य र ऊर्जा सुरक्षामा आँच पुर्याएको र त्यसले विश्वलाई फेरि एकपटक विभाजनतर्फ धकेलेकामा चिन्ता व्यक्त गरे।












