Kathmandu Press

कान्ति लोकपथको देवीसाँधमा पहिरो

काठमाडौं, साउन १८ : हेटौंडा जोड्ने कान्ति लोकपथअन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडाको देवीसाँधमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। भारी वर्षात भएसँगै मङ्गलबार उक्त...
कान्ति लोकपथको देवीसाँधमा पहिरो

काठमाडौं, साउन १८ : हेटौंडा जोड्ने कान्ति लोकपथअन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडाको देवीसाँधमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। भारी वर्षात भएसँगै मङ्गलबार उक्त ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको हो।

पहिरोले सो वडासँगै वडा २ माल्टा, ४ प्यूटार, ५ इकुडोल, ६ आस्राङ, ७ गिम्दी तथा सो लोकपथ भएर फापरबारी हुँदै मन्थली जाने र हेटाैंडा यात्रा गर्ने सडक अवरुद्ध भइरहेको स्थानीय रमेशकुमार सञ्जेलले बताए। त्यस्तै विद्युत अवरुद्ध हुनुका साथै दूध र तरकारी ढुवानी समेत रोकिएको छ। 

गाउँपालिकाबाट दैनिक काठमाडौँका बजार पुग्ने पाँच देखि ६ हजार किलो तरकारीसमेत बेच्न नपाएर नष्ट गर्नुपरिरहेको स्थानीय शिवप्रसाद सञ्जेलले बताए। उक्त पहिरो खुलाउन प्रयास भइरहेको छ। आज दिउँसो वर्षा नभए साँझसम्म स्काटभेटर लगाएर पहिरो खुलाउने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताए।

प्रकाशित मिति: १२:५३ बजे, बुधबार, साउन १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्