Kathmandu Press

संयुक्त राष्ट्रसंघका महासचिव एसियाली देशको भ्रमणमा जाँदै

संयुक्त राष्टसंघ, साउन १८ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस एसियाली देशहरुको भ्रमणमा जान लागेकाे उनका प्रवक्ताले बताएका छन्।महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार महासचिव...
संयुक्त राष्ट्रसंघका महासचिव एसियाली देशको भ्रमणमा जाँदै

संयुक्त राष्टसंघ, साउन १८ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस एसियाली देशहरुको भ्रमणमा जान लागेकाे उनका प्रवक्ताले बताएका छन्।

महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार महासचिव गुटरेस जापान, मङ्गोलिया र दक्षिण कोरियाको भ्रमणमा जान लाग्नुभएको बताएका हुन्।

महासचिव गुटरेस बिहीबार जापानका लागि प्रस्थान गर्नुहुनेछ। जापानमा उनी हिरोसिमामा आयोजना हुने शान्ति स्मारक समारोहमा सहभागी हुनेछन्।

त्यस अवसरमा उनले सन् १९४५ मा भएको हिरोसिमा र नागासाकी हमलाका पीडितहरुसँग पनि भेटघाट गर्नुहुने कार्यक्रम छ। जापानमा रहँदा उनले त्यहाँका प्रधानमन्त्री फुमियो किसिदाका साथै अन्य विशिष्ट सरकारी अधिकारीहरुसँग पनि भेटवार्ता गर्नेछन्।

जापानपछि उनी मंगाेलिया र त्यसपछि दक्षिण कोरियाको भ्रमणमा जानेछन्। 

प्रकाशित मिति: १२:४१ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्