Kathmandu Press

कुलोमा युवकको शव फेला

धनुषा, साउन १८ : धनुषाको मिथिला नगरपालिका-५ विश्रामपुरस्थित कुलोमा एक युवकको शव फेला परेको छ।सनाखत हुन नसकेको अन्दाजी करिब ४० वर्षीय युवकको शव...
कुलोमा युवकको शव फेला

धनुषा, साउन १८ : धनुषाको मिथिला नगरपालिका-५ विश्रामपुरस्थित कुलोमा एक युवकको शव फेला परेको छ।

सनाखत हुन नसकेको अन्दाजी करिब ४० वर्षीय युवकको शव कुलोमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

गहुँगोरो वर्णको खैरो गन्जी र सुन्तला रङको कट्टु लगाएको तथा तराई मुलका जस्तो देखिने ती युवकको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १२:१० बजे, बुधबार, साउन १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्