Kathmandu Press

युक्रेनका राष्ट्रपति र नेटोका महासचिवबीच सहयोगबारे वार्ता

काठमाडाैं, साउन १८ : युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलिन्स्किी र उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोका महासचिवबीच फोनवार्ता भएको छ। उनीहरुका बीचमा युक्रेनलाई आगामी दिनमा नेटोले...
युक्रेनका राष्ट्रपति र नेटोका महासचिवबीच सहयोगबारे वार्ता

काठमाडाैं, साउन १८ : युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलिन्स्किी र उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोका महासचिवबीच फोनवार्ता भएको छ। उनीहरुका बीचमा युक्रेनलाई आगामी दिनमा नेटोले गराउने आवश्यक सहयोगका बारेमा कुराकानी भएको बताइएको छ।

मङ्गलबार उहाँहरुका बीचमा फोनवार्ता भएको थियो। वार्ताका क्रममा युक्रेनका राष्टपति जेलिन्स्किीले नेटो महासचिव जेन्स स्टोलटेन्बर्गलाई युक्रेनको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए।

Hardik ivf

साथै त्यस अवसरमा उनले यसै वर्ष भएको ‘म्याड्रिड समिट २०२२’ मा भएको सहमति बमोजिम युक्रेनले हतियार प्राप्त गर्नुपर्ने विषयमा पनि स्मरण गराएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ।

युक्रेनमाथि रुसले आक्रमण गरेपछि केही महिनादेखि रुस र युक्रेनका बीचमा द्वन्द्व जारी रहेको छ। युक्रेनको आर्थिक लगायतको अवस्था निकै कमजोर बन्दै गइरहेको बताइएको छ।

त्यस कुराकानीका क्रममा राष्ट्रपति जेलिन्स्किीले युक्रेनले नेटो संगठन तथा नेटोका सदस्य राष्टहरुबाट ठूलो हतियारहरुको अपेक्षा गरिरहेको जानकारी दिए।

स्पेनको राजधानीमा हालै भएको ‘म्याड्रिड समिट २०२२’ मा युक्रेनलाई हातहतियारका साथै इन्धन, सञ्चार प्रविधि आदिमा सहयोग गर्ने सहमति भएको थियो। 

प्रकाशित मिति: ११:५४ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्