अवरुद्ध मध्यपहाडीको रुकुमपूर्व खण्ड पुनः सञ्चालन

रूकुमपूर्व, साउन १८ : रुकुमपूर्वको भूमे गाउँपालिका–३ दोमैमा पहिरो झर्दा अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग आज बिहानबाट सञ्चालनमा आएको छ।
मङ्गलबार साँझ सडक माथिबाट पहिरो खस्दा आवागमन बन्द भएको थियो । सडकमा झरेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालन आएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।
काठमाडौँ, पोखरा, बागलुङबाट आएका सवारीसाधन काँक्री र खावाङमा थुनिएका थिए भने रुकुमपश्चिमबाट आएका सवारी रुकुमकोटमै थन्किएका थिए । सडक पुनः सञ्चालन भएसँगै सवारीसाधन गन्तव्यतिर लागेका छन्।
प्रकाशित मिति: ११:३७ बजे, बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












