Kathmandu Press

पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव फेला

झापा, साउन १८ :  झापाको गौरादह नगरपालिकास्थित कमलखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ।गौरादह–९ स्थित कमलखोलामा कमल...
पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव फेला

झापा, साउन १८ :  झापाको गौरादह नगरपालिकास्थित कमलखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ।

गौरादह–९ स्थित कमलखोलामा कमल गाउँपालिका–१ का १८ वर्षीय  उज्वल खरेल मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। 

Hardik ivf

सशस्त्र प्रहरी बाहिनी पकली सुनसरीबाट खटिएको गोताखोरको टोलीले आज बिहान उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

उज्वल मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनापछि अस्थायी प्रहरी चौकी बैगुनधुरा, इलाका प्रहरी कार्यालय झिलझिले, विपद् व्यवस्थापन कार्यालय चन्द्रगढी र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बैगुनधुराबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेपछि गोताखोरको टोली परिचालन गरिएको थियो।   

प्रकाशित मिति: ११:३३ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्