Kathmandu Press

कर्मचारी समायोजनसम्बन्धी विवादको निर्णय भदौ १ मा

काठमाडाैं, साउन १७ : सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाइ सकिएपछि आगामी भदौ १ गते निर्णय सुनाउने भएको छ।कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु...
कर्मचारी समायोजनसम्बन्धी विवादको निर्णय भदौ १ मा

काठमाडाैं, साउन १७ : सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाइ सकिएपछि आगामी भदौ १ गते निर्णय सुनाउने भएको छ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासमा आज सुनुवाइ सकिएपछि पेसी सुनाउने मिति तय गर्ने निर्णय गरेको हो।

उक्त विवादमा गत शुक्रबारदेखि सुनुवाइ निरन्तर गर्दै आज सकिएको हो। सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले दायर गरेको ९९ थान निवेदनमाथि सुनुवाइ भएको हो।
     
सर्वोच्च अदालतले यसअघि गरेको फैसलामा सरकारले गरेको कर्मचारी समायोजनलाई कानूनसम्मत ठहर्‍याउँदै समायोजन भएका कर्मचारीलाई फेरि सङ्घीय निजामती सेवामा फर्काउनु नपर्ने फैसला गरेको थियो।

प्रकाशित मिति: २०:५५ बजे, मंगलबार, साउन १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्