Kathmandu Press

इरानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

तेहरान, साउन १७ : इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ।देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको...
इरानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

तेहरान, साउन १७ : इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ।

देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले मङ्गलबार जनाएका छन्।  

इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा परेर बेपत्ता भएका १६ जना अझै नभेटिएको जानकारी दिए।

बेपत्ता भएकाहरूको अझै पनि खोजी कार्य जारी रहेको र त्यसका लागि उद्धारकर्ता, सुरक्षाकर्मी लगायतलाई खटाइएको उनको भनाई छ।

इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन्।

बाढी पहिरोले १६७ क्षेत्र, १३० सहर, १३ सय ८६ गाउँ र १५३ सडक प्रभावित भएको पनि जनाइएको छ। यस अवधिमा ६१ हजार १२७ जनालाई राहत सामग्री पनि उपलब्ध गराइएको छ।

प्रकाशित मिति: २०:४५ बजे, मंगलबार, साउन १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्