Kathmandu Press

अदालतबाट ९० लाख जरिवना ठहर भएका व्यक्ति पक्राउ

काठमाडाैं, साउन १७ : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ९० लाख जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...
अदालतबाट ९० लाख जरिवना ठहर भएका व्यक्ति पक्राउ

काठमाडाैं, साउन १७ : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ९० लाख जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट ९० लाख जरिवाना ठहर भएका खोटाङको दिक्तेल घर भई काठमाडौँको पुरानो बानेश्वर बस्ने ३५ वर्षीय माया बस्नेत थापालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ थापालाई ९० लाख भएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो। फरार रहेकी थापालाई ललितपुरको बगलामुखीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ थापालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १९:२१ बजे, मंगलबार, साउन १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्