Kathmandu Press

भारतबाट फर्किएका २४ जनामा कोरोना सङ्क्रमण

बैतडी, साउन १७ : भारतबाट फर्किएका २४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ। सुदूरपश्चिम प्रदेशमा आज ५० जनामा सङ्क्रमण पुष्टि हुँदा २४ जना...
भारतबाट फर्किएका २४ जनामा कोरोना सङ्क्रमण

बैतडी, साउन १७ : भारतबाट फर्किएका २४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ। सुदूरपश्चिम प्रदेशमा आज ५० जनामा सङ्क्रमण पुष्टि हुँदा २४ जना भारतबाट फर्किएका रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। गएको २४ घण्टामा प्रदेशभर एन्टीजेन र पिसिआर गरी ६८९ को परीक्षण गरिएको हो।

मङ्गलबार गड्डाचौकी नाकाबाट फर्किएका १९, गौरीफन्टाबाट तीन र झुलाघाट नाकाबाट फर्किएका दुई जनामा सङ्क्रमण देखिएको हो। यस्तै कैलालीमा ११ र कञ्चनपुरमा थप  १५ जनामा सङ्क्रमण पुष्टि भएको छ।  

यस प्रदेशका भारतसँग सीमा जोडिएका नाकामै कोरोना परीक्षण कार्य जारी रहेको हो। सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैको एन्टीजेन विधिमार्फत कोरोना परीक्षण  भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

सुदूरपश्चिममा हालसम्म पाँच लाख ६० हजार ३०३ को कोरोना परीक्षण गरिएकोमा ६० हजार १७ मा सङ्क्रमण देखिएको छ। सङ्क्रमणका कारण हालसम्म ६३३ को ज्यान गइसकेको छ।

प्रकाशित मिति: १८:५६ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्