Kathmandu Press

मङ्कीपक्सविरुद्ध खोप लगाउँदै थाइल्याण्ड

मङ्कीपक्सविरुद्ध खोप लगाउँदै थाइल्याण्ड

ब्याङकक, साउन १७ : सरकारले मङ्कीपक्सविरुद्ध खोप लगाउने भएको छ। उच्च जोखिममा रहेका समूहलाई  खोप लगाउने योजना रहेको थाई स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उक्त मन्त्रालयका अनुसार एक हजार मात्रा खोपको पहिलो खेप यही महिना र दोस्रो खेप दुईसातापछि थाइल्याण्ड आइपुग्ने अपेक्षा गरिएको छ। खोपको पहिलो खेप पाँचसय जनाका लागि उपलब्ध हुने तर कुन समूहलाई प्राथमिकतामा राख्ने भन्ने निर्णय भइसकेको छैन।

Hardik ivf

देशमा हालसम्म मङ्कीपक्स दुईजा बिरामी फेला परेका छन्। फुकेट टापुमा परीक्षण गर्दा पहिलोपटक एकजना नाइजेरियाली नागरिक र यहाँ एक थाई नागरिकलाई दोस्रो बिरामीका रूपमा पहिचान गरिएको हो। स्वास्थ्य अधिकारीहरूले रोग पुष्टि भएकाहरूको ‘कन्ट्याक्ट टे«सिङ’ गरिएको र सङ्क्रमण नफैलिएको जनाउँदै उनीहरूले अहिलेसम्म दक्षिणपूर्वी एसियाली देशमा आधिकारिक रूपमा मङ्कीपक्स सङ्क्रमण नभेटिएको बताएका छन्।

भारतमा छैटौँ व्यक्तिमा मङ्कीपक्स

यसैबीच, भारतमा मङ्कीपक्सका छैटौँ बिरामी राष्ट्रिय राजधानीमा फेला परेका छन्। दिल्लीको स्वास्थ्य विभागका अधिकारीका अनुसार विदेश यात्रा नगरेका नाइजेरियाली नागरिक उक्त रोगबाट सङ्क्रमिता भएका बताइएको छ। करिब एक वर्षदेखि दिल्लीमा बस्दै आएका बिरामीलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ। यसअघि चारजना बिरामी दक्षिणी राज्य केरला र एकजना नयाँदिल्लीमा फेला परेका थिए। भारतमा उक्त रोग लागेर एकजनाको मृत्यु भइसकेको छ।

न्यूजिल्याण्डमा तेस्रो बिरामी

न्यूजिल्याण्डमा पनि मङ्कीपक्सका एकजना बिरामी थपिएका छन्। यो सँगै त्यहाँ मङ्कीपक्सका बिरामीको सङ्ख्या तीन पुगेको छ। जनस्वास्थ्य अधिकारीहरूले पछिल्लो बिरामीबाट रोग सर्ने जोखिम कम रहेको बताएका छन्।

गत महिना विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आधिकारिकरूपमा मङ्कीपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको थियो।

प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्